१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले कटाए ४१ हजार मत, सिर्जना सिंह २३ हजार ८५५ मतसहित दोश्रो स्थानमा



अ+ अ-

काठमाडौं । स्थानीय निर्वाचनमा यस पटकको महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् ।

पछिल्लो पटक देशको राजधानी काठमाडौंको मेयरमा युवा इन्जिनियर बालेन्द्र साहले अग्रता बनाइरहेका छन् । पछिल्लो मतविवरण अनुसार बालेन्द्रले ४१ हजार २७९ मत प्राप्त गरिसकेका छन् ।

उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले हालसम्म २३ हजार ८५५ मत प्राप्त गरेकी छिन् ।

जुन बालेन्द्रको भन्दा १७ हजार ४२४ ले कम हो । त्यस्तै स्थापितले हालसम्म २३ हजार २४ मत प्राप्त गरेका छन् । हालसम्म १ लाख १६ हजार ८५५ मत गणना भईसकेको छ भने अब ७४ हजार ३०१ मत गणना हुन बाँकी छ ।