२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस



अ+ अ-

लहान । सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजबादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार तीन हजार ८४४ मत प्राप्त गरी जसपाका सन्तोषकुमार महतो विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका उपेन्द्रप्रसाद यादवले तीन हजार ५३४ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेसका ममताकुमारी यादव तीन हजार ९९७ मत प्राप्त गरी निर्वाचित हँुदा उहाँका निकटतम प्रतिद्वन्द्वी सियाकुमारी यादवले तीन हजार ४८५ मत प्राप्त गर्नुभयो ।