• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

कुनै सुविधा नलिने दमक नगर प्रमुख थापाको घोषणा



दमक । झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा निर्वाचितहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पार्नुभएको हो ।

जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गर्नुभयो । दमकको समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै उहाँले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राप्रपासहितको सत्तारुढ गठबन्धनबाट उहाँ राप्रपाका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई प्रसार्इं निर्वाचित हुनुभएको थियो । दमकका १० वडामध्ये गठबन्धनले १,४ र १० जित्यो भने एमालेले अन्य ७ वटा वडामा जितेको थियो ।