• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्र ★   संविधान बचाउन आवश्यक छ: प्रथम राष्ट्रपति यादव ★   इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छ: माधव नेपाल ★   पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान ★   मन्त्रिपरिषद् बैठक: नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित ★   बानेश्वरमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा ★   गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन ★   सन्दीपको मुद्दा सुदर्शन र अञ्जुको इजलासमा ★   कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने ★   मुम्बईमा होर्डिङ बोर्ड ढल्दा कम्तिमा ८ जनाको मृत्यु

करिब ३३ सय मत गन्न बाँकी हुँदा धरानमा हर्क साम्पाङको जित पक्का



धरान ८ जेष्ठ। धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित पक्का भएको छ । अब तीन हजार ३०० हाराहारीमा मत गणना हुन बाँकी हुँदा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा चार हजार २०० भन्दा बढी मतान्तरले अघि छन् ।

लौरो चिह्न लिएर उम्मेदवारी दिनुभएका साम्पाङले अहिलेसम्म १९ हजार ५९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार ३१६ मत हासिल गरेका छन् । नेकपा (एमाले) की मञ्जु भण्डारी सुवेदीले १२ हजार ३४८ मत प्राप्त गरेका छन् ।

धरानमा कूल ६२ हजार ८९८ मत खसेको थियो । अहिलेसम्म ५९ हजार ६१३ मत गणना भइसकेको छ । अब तीन हजार २८५ मत मात्र गन्न बाँकी छ । साम्पाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी राईभन्दा चार हजार २८१ मतले अघि छन् ।

अब नेपाली कांग्रेसका राईले गणना हुन बाँकी सबै मत पाए पनि साम्पाङलाई भेट्न सक्ने छैनन् । त्यसैले साम्पाङको जित सुनिश्चित भएको हो ।