१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलेवास नगरप्रमुख तिवारीले निजी सवारी साधन प्रयोग गर्ने



अ+ अ-

पर्वत । फलेवास नगरपालिकाका नवनिर्वाचित प्रमुख गङ्गाधर तिवारीले आफू शासक हुन नभइ जनताको सेवक बन्नको लागि आएको बताउनुभएको छ ।

निर्वाचित हुनु अघिसम्म कुनै दलबाट उम्मेदवार भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उहाँको भनाइ थियो । शपथ लिएपछि पदभार ग्रहण कार्यक्रममा नगरप्रमुख तिवारीले अघिपछि आफ्ना नेतालाई भेटे पनि सरकारी कार्यालयको ‘गेट’ मा प्रवेश गरेपछि कसैले पनि राजनीति गर्न नपाउने बताउँदै आफैले त्यो कामको सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,

“पाँच दलीय होइन कि छ दलीय गठबन्धनबाट म निर्वाचित भएको हो । म सबैको साझा व्यक्ति हो । नेपालको नमूना नगरपालिका बनाएर देखाउन सकेमा सबैको चित्त बुझ्न सक्छ” उहाँले भन्नुभयो, “म पैसाको लागि नगरप्रमुख भएको होइन आफ्नै खर्चमा भए पनि जनताको सेवा गर्न पाए मेरो लागि सौभाग्य हो । म जनताको सेवा गर्न आएको हुँ शासक हुन होइन ।”

नगरप्रमुख तिवारीले नगरपालिकाको मोबाइल सेट प्रयोग नगरे पनि सिम भने प्रयोग गर्ने तर त्यसको रिचार्ज पनि आफ्नै खर्चले गर्ने, निजी सवारी साधन प्रयोग गरेर नगर प्रमुखले चढ्न पाउने गाडी समस्यामा परेका नागरिकको उद्धार, राहत र सहयोगमा प्रयोग गर्ने बताउनुभयो ।

फलेवासकै उपप्रमुख शोभा क्षेत्रीले पनि शपथ तथा पदभार ग्रहण गर्दै आफू जनताकै माझबाट आएको एउटा प्रतिनिधि भएका कारण जनताकै सुझावको आधारमा काम गर्ने बताउनुभयो । नागरिकले देखाएकै बाटोमा आफू जाने र त्यसका लागि उत्पादनमा आधारित अनुदान, किसानलाई सहज सेवा, कार्यालय सञ्चालन छिटोछरितो र नगरभित्र यातायातको सुविधालाई व्यवस्थित गर्नेलगायत महत्वपूर्ण योजना आफूमा रहेको उहाँको भनाइ थियो ।

 




भर्खरै