• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

पोखरा महानगरमा गठबन्धनका आचार्य तीन हजार ३९५ मतले अगाडि



कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख चार हजार २१२ मतगणना सकिएको छ ।

पोखरामा आज दिउँसो १ः०० बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राख्नुभएको छ । आचार्य अहिलेसम्म तीन हजार ३९५ मतले अघि हुनुहुन्छ । आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याउनुभएको छ ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा(एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४१ हजार ९२० मत रहेको छ । उपप्रमुखमा एक हजार ६९६ मतान्तर छ ।

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । महानगरका ३३ वडामध्येमा अहिले वडा नं १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ नं को मतगणना भइरहेको छ । गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ नं रहेका छन् । हालसम्म २० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।