९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

पाँचखालमा गठबन्धनको अग्रता

पाँचखालमा गठबन्धनको अग्रता
अ अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिनुभएको छ ।

वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उहाँले नौ हजार ९३७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का कञ्चन अधिकारीले छ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतमले सात हजार १५८ मत प्राप्त गर्नुभएको छ भने एमालेका सूर्यमाया दनुवारले छ हजार ९५१ मत प्राप्त गर्नुभएको छ । मतगणना सम्पन्न भएको वडामध्ये वडा नं १ माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नं २,३, ४,७ र ८ मा कांग्रेसका क्रमशः रामेश्वर दाहाल,सुन्दर अधिकारी, सुन्दर तामाङ, रामकृष्ण दङ्गाल र सञ्जय तामाङ , वडा नं ५ मा एमालेका सीताराम ढुङ्गाना, वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी)का रामशरण दुलाल, वडा नं ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र नारायणप्रसाद सापकोटा विजयी हुनुभएको छ । १३ वटा वडा रहेको पाँचखालमा तीन वडाको मतगणना जारी छ ।

यसैबीच जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रका विजय राना मगर ५४४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका कमलबहादुर वाइबाले ५४२ मत प्राप्त गर्नुभएको छ । सो वडामा पुनः दोहो¥याएर मतगणना गरिएको थियो ।