९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

काठमाडौँ, धरान र धनगढीले चाहेको विद्रोह

काठमाडौँ, धरान र धनगढीले चाहेको विद्रोह
अ अ+ अ-

काठमाडौँ, जेष्ठ ८ । त्यसो त नेपालको राजनीतिमा प्रायः सबैतिरै जनता विद्रोह चाहन्छन् । करिब दुई हप्ताका मिडिया र सोसल मिडियाको सर्वेक्षण गर्ने हो भेन जनताको मन मस्तिष्क बुझ्न सजिलो छ । त्यहाँ जनता देशैभरि विद्रोह चाहेको देखिन्छ ।

नभने राजनीतिक दलहरुका राम्रो कुरा कतै भेटिँदैनन् । नेताका उनै पुराना योजना र गफबाहेक केही भेटिँदैन । जनतामा निरासा छ । चुनावअघि भारतीय सीमा क्षेत्रमा यता भोट हाल्न छोडेर भारत फर्कनेको लहरो देखेर पनि राजनीतिप्रतिको उनीहरुको बुझाई र विश्वास राम्रैसँग झल्किन्थ्यो । जुन सबैमा अद्यापि छ ।

अहिलेको स्थानीय चुनामा अघिल्लो चुनावको स्मरण गर्नेहरुमा झनै थियो निरासाको पोको । पार्टीले ढाँटेको, चुनावमा भोटमात्र मागेको तर कतै पनि तिनका बाचा पूरा नगरेको स्पष्टै देखिन्थ्यो । किनभने अघिल्लो चुनावको घोषण पत्रमा लेखिएजस्तै काठमाडौँमा कतै मोनोरेल, मेट्रो रेल थिएन । न काठमाडौँका सहर, पार्क तथा अन्य स्थलहरुमा नै झकिझकाउ थिए । न मेलम्चीको पानीले यहाँको सडक सफा गरेको थियो र नत अर्बान प्लानिङका ठूला ठूला प्रोजेक्टहरु नै पूरा भएका देखिएको थियो । अरु त कुरै छोडौँ, राजधानी सहर फोहरमुक्त नै हुन सकेको छैन ।

वास्तवमा यी असन्तुष्टि र दलका ढाँटेका घोषणापत्र प्रतिका प्रतिक्रिया व्यक्त गर्ने ठाउँ जनताले कमै पाएका हुख्छन् । हुनत उनीहरुले आफ्नै सामाजिक सञ्जालमा लेखेर पनि प्रतिक्रिया त जनाएकै हुन्, छन् । तर तिनका आवाज पार्टी र तिनका नेता सुन्दैनन् । जनता भनिरहन्छन् नेताले वास्ता गर्दैनन् । किनभने उनीहरुमा रहेको अन्तरनिहीत घमण्ड के हो भने देशमा शासन चालाउने राजनीतिक दलहरुले नै हो र हामीले गरेपछि, चाहेपछि जे पनि हुन्छ । त्यही मानसिकताबाट लामो समयदेखि गुज्रिरहेका छन् दलहरु । त्यसैले हरेक चुनावमा उही नारा, उही घोषणा पत्र अनि उही उम्मेदबार आउँछ । जनतालाई मन परेको छैन तर पनि उनीहरु दोहोरिइरहन्छन् । अहिले पनि त्यही भएको छ ।

यो चुनावको मुख्य आकर्षणको कुरा काठमाडौँबाट सुरु नगर्ने हो भने अधुरो हुन्छ । बालेन साह नै अहिलेका चर्चित उम्मेदबार बनेका छन् जसले मुलुकको राजधानी काठमाडौँ महानगरपालिकालाई बिद्रोही बनाउन सकेका छन् । सानो तिनो बलबुताले यो सम्भव थिएन । सुकिला मुकिला र राजधानीमा बस्ने व्यक्तिले कसरी छान्दैछन् त बालेन रु यो प्रश्नको जवाफ सामान्य विश्लेषणबाट निस्किदैन । भनिन्छ– नेता परिस्थिति र समयले जन्माउँछ । त्यसो भए राजधानीमा के कस्तो परिस्थिति पर्यो त नेता जन्माउनलाई रु यीनै परिस्थितिभित्र खोज्न सकिन्छ बालेनलाई छान्नुपर्ने अवस्थाका कारणहरु ।

पहिलो कुरा त उनलाई छानेर राजधानीबासीले नेपालका राजनीतिक दलहरु नेता र नीति शुन्य भएको सन्देश दिन चाहेका छन् । किनभने उनीहरुले यस्तो निर्णय गरेका छन् कि यहाँका ठूला भनिएका राजनीतिक दल, जसले आफूलाई मात्र राजनीतिक घराना ठान्दछन् तिनीहरुलाई सहजै पन्छाइदिएका छन् ।

उनीहरुले अहिलेसम्म दिएका नारा, नीति र नेता केही पनि काम लाग्दैन भनिरहेका छन् । ती सबै अब भुत्ते भएको सन्देश उनीहरु दिन चाहन्छन् । यो नै उनीहरुको विद्रोह हो ।

अर्को उनीहरुको सन्देश नेपालका अहिलेका राजनीतिक दलहरु बाहेक पनि राजनीतिमा अर्को विकल्प छ भन्ने हो । हो, बहुदलीय शासन व्यवस्थामा देशका राजनीतिक दलहरुले नै शासन गर्ने हो । तर यसको अर्थ जनप्रतिनिधिहरु दिँदा उनीहरुले जो दियो त्यही उम्मेदबारलाई लाहा छाप लगाइदिनुपर्छ भन्ने मानसिकतामा अब जनता छैनन् । उनीहरुले ती जनप्रतिनिधिका काम हेर्न थालेका छन् । अनि त्यो कामको मूल्यांकन चुनावकै बेलामा गर्ने राम्रो परिपाटीको विकास जनतामा बढ्दै गएको देखिएको छ । त्यसैले कसैको नातेदार होस् कि यतिवर्ष जेल परेको नेता भन्ने होस् त्यो ब्याज खान अबको पुस्ताका अघि गाह्रै पर्ने देखिएको छ । यो सन्देश काठमाडौँ, धरान र धनगढीका जनताले राम्रैसँग दिएका छन् ।

अहिले जनताले सल्लाह नै गरेजस्तो गरी राजधानी महानगर, धनगढी उपमहानगर र धरान नगरमा सांकेतिक सन्देश दिएका छन् । यसलाई दलले यसरी बुझ्दा पनि हुन्छ कि जनताले तीनै तहका ठूला पालिकामा जनताले सांकेतिक सन्देश दिएका छन् र यदि हाम्रो ढाँचा र ढर्रा यस्तै रहने हो भने भोलिका दिनमा यो फैलिएर सबैतिर पुग्न पनि सक्छ ।

महानगरमा आउन लागेका बालेन साह जनताद्धारा परिक्षण हुन बाँकी रहेपनि धनगढीका स्वतन्त्र उम्मेदबार गोपी हमाल जनताको घरदैलोमा सेवा दिएका व्यक्ति हुन् । उनलाई अघिल्लो चुनावदेखि नै जनताले रुचाएका थिए तर दलको दबदबा चिर्न त्यति सजिलो भएन उनलाई । यसपालि जन अनुमोदित भए । जनताले छाने । सार्वजनिक ओहदामै नरही जनताको सेवा गरेका गोपीलाई अब जनताले सेवा गर्ने आधिकारिक कुर्सीमै राखिदिए । र अब उनको परीक्षण पनि सुरु भएको हो । यस्तै मोडल हो धरान पनि । धरानका हर्क साङपाङ पनि युवा हुन् र धरानमा जनताको सेवा गर्दै आएका उनलाई जनताले कुर्सीमा पुर्याइदिएका छन् ।
यी तीन युवाको विजय जनताको रोजाई हो र उनीहरु युवा चाहन्छन् भन्ने सन्देश पनि हो । तर पनि यो मोडेलले ललितपुरमा भने काम गर्दैन । किनभने चिरीबाबु महर्जनालाई यहाँका जनताले दोस्रो पटक पनि छानेका छन् । यहाँ भने जनप्रतिनिधिको काम प्यारो भएको छ । त्यसैले त यी तीन ठाउँमा जनताले विद्रोह गरे र काम खोजे । त्यसैले यो चुनावको अर्को र प्रमुख सन्देश यो पनि हो कि जनता काम खोजेका छन् । ललितपुर महानगरमा चिरिबाबुले काम गरेकै कारणले उनलाई छानेका हुन् । नत्र त्यहाँ पनि विद्रोह हुन्थ्यो ।