• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर ★   सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ: नेता रिजाल ★   सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन्: प्रमुख सचेतक परियार ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने ★   मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण ★   रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला ★   गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो ★   दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो ★   आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुँदैछ: मन्त्री शर्मा ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

कोर एरियामा समेत बालेनलाई सहज, तेस्रो स्थानमा भए पनि थोरै मतले मात्र पछि



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको जारी मतगणना अहिले कोर एरियामा भइरहेको छ । अहिले नेवारहरुको बाक्लो बस्ती रहेको वडा नं ११, १२, २३, २४, २५, २६ र २७ को मतपेटिकाका मतगणना भइरहेको छ ।

काठमाडौँ महानगरको प्रमुख पदका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले) का केशव स्थापितलाई यी क्षेत्रबाट बढी मत आउने अपेक्षा गरिएको थियो ।

यद्यपि यसअघि नै मतगणनामा करिब १७ हजार मतान्तरले अगाडि रहेका स्वतन्त्र उम्मेदार बालेन साहभन्दा नेवार समुदायबाट आफूहरुलाई बढी मत आउने अपेक्षा गरेका सिंह र स्थापितलाई सोचेजति मत आउन सकेको छैन ।

सिंह र स्थापितलाई यी क्षेत्रबाट बढी मत आए पनि तेस्रो स्थानमा मत ल्याएका साह यी दुई उम्मेदवारभन्दा थोरै मात्र मतले पछि छन् ।

यी वडामा अहिलेसम्म जम्मा १९ हजार २०१ मत गणना भइसकेको छ । सोमध्ये सबैभन्दा धेरै मत एमालेका स्थापितले ल्याएका छन् । उनले चार हजार ४२५ मत ल्याएका छन् । दोस्रो बढी मत ल्याउने कांग्रेसकी सिंहले चार हजार ४१२ मत ल्याएकी छन् । त्यस्तै साहले यी क्षेत्रबाट चार हजार १५१ मत हासिल गरिसकेका छन् ।

समग्रमा हेर्दा बालेल साह नै अहिलेसम्म अग्रस्थानमा छन् भने सिंहले स्थापितलाई उछिनिसकेकी छन् । बाहिरी क्षेत्रमा बालेनले धेरै मतले अग्रता गरेकाले कोर एरियामा केही मतले पछि परे पनि उनलाई खासै असर नपर्ने देखिएको छ ।

कोर एरियामा पनि आठ वटा वडामा स्थापितले अग्रता हासिल गरिरहेका छन् भने सिंहले दुईवटा र साहले एउटा वडामा अग्रता बनाइरहेका छन् ।

अहिलेसम्मको मतगणनमा साहले ३९ हजार ५१५ मत ल्याई आफ्नो अग्रतालाई कायमै राखेका छन् । दोस्रो स्थानमा रहेकी सिंहले २२ हजार २७० मत पाएकी छन् भने त्यसपछि स्थापितले २१ हजार ७७५ मत हासिल गरेका छन् ।