१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा २७ मा कांग्रेसका खड्गी विजयी



अ+ अ-

काठमाडौं, ७ जेठ । काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय हुनुभएको छ । खड्गी नेकपा ९एमाले० का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय हुनुभएको हो ।

खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी हुनुभएको छ ।

महिला सदस्यतर्फ कांगे्रसकै सृष्टी कंसाकार विजय हुनुभएको छ । दलित महिला सदस्यमा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दिनुभएकी प्रभा परियार यसअघि नै निर्विरोध निर्र्वाचित हुनुभएको छ । वडा नं २७ सँगै कामपाका अन्य तीन वडामा पनि दलित महिला सदस्य निर्विरोध रुपमा चयन भइसकेका छन् ।

हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६, २७ र ३१ को मतगणना जारी छ । कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ । कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ । रासस