९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

आठ प्रतिशत तहको परिणाम आउँन बाँकी, कांग्रेसको अग्रता कायमै

आठ प्रतिशत तहको परिणाम आउँन बाँकी, कांग्रेसको अग्रता कायमै
अ अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार २९४ नगरपालिका र ४४७ गाउँपालिकाका गरी करिब ९२ दशमलव १६ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरुपमा बढी मतदाता रहेका महानरपालिका र उपमहानगरपालिकाको मत गणना सकिन अझै केही दिन लाग्ने देखिएको छ । मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२२ मा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा ९एमाले० ले ६७ स्थानमा जित हासिल गरी १४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा २४ स्थानमा जित र २ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा नौ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।

निर्वाचनमा नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ९४ स्थानमा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९१ स्थानमा जित हासिल गरी १८ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपप्रमुख पदमा ३२ स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले नौ स्थानमा विजय हासिल गरी तीन स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्यले २० स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १८४ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२१ स्थानमा जित हासिल गरी २ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले अध्यक्ष पदमा ९६ स्थानमा जित कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १९ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १८७ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२२ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्ष पदमा ९३ स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १८ स्थानमा जित हासिल गरी एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी दुई स्थानमा अग्रता कायम गरेका छन् ।

स्थानीय तहका वडाध्यक्ष पदमा कांग्रेसले दुई हजार ५०८ मा जित हासिल गरी १२ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले दुई हजार ११ मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडाध्यक्ष पदमा एक हजार २६ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २६४ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ५५३ स्थानमा विजय हासिल गरी ४ स्थानमा अग्रता कायम गरेका छन् ।

महिला सदस्य पदमा कांग्रेसले दुई हजार ४६६ मा जित हासिल गरी १० स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले २ हजार १९७ स्थानमा जित हासिल गरी १३ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले महिला सदस्य पदमा ९३८ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २६५ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४९२ स्थानमा विजय हासिल गरी एक स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्य पदमा कांग्रेसले दुई हजार ४०९ मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले दुई हजार १४७ स्थानमा जित हासिल गरी आठ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले दलित महिला सदस्य पदमा ९४७ स्थानमा जित र आठ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २६५ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४७८ स्थानमा विजय हासिल गरी एक स्थानमा अग्रता कायम गरेका छन् ।

वडा सदस्य पदमा कांग्रेसले पाँच हजार एक मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले चार हजार ४१२ स्थानमा जित हासिल गरी १२ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडा सदस्यपदमा १ हजार ७६० स्थानमाजित र ६ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ५२७ स्थानमा जित र ५ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले एक हजार १९ स्थानमा विजय हासिल गरी एक स्थानमा अग्रता कायम गरेका छन् ।

यही जेठ ५ गतेलाई स्थानीय तहका निवर्तमान जनप्रतिनिधिहरुका पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्ने गरी निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरुलाई यसअघि नै आवश्यक निर्देशन प्रदान गरेकामा विभिन्न कारणले आज सम्ममा सम्पूर्ण स्थानीय तहमा मतगणना कार्य सम्पन्न हुन सकेको छैन । आयोगको निर्देशनपछि महानगरहरुको गणनामा टोली थपेर तीव्रता दिइएको छ । बाजुराको बुढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका—१२ को मतदानबारे आयोगले छानबिनपछि मतगणना वा पुनःमतदान भन्नेबारे निर्णय दिनेछ ।