• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित ★   मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर ★   ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै ★   धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने ★   दोदा नदीमा डुबेर दुई जनाको मृत्यु ★   मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन ★   कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आज हल्का पानी पर्ने

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै



वीरगञ्ज । मधेस प्रदेशस्थित पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । उनका प्रत्यासी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७०५ मतसहित उनीसँग प्रतिस्र्धामा छन् ।

यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल १९ हजार ९०२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उनका प्रत्यासी लोसपाका नेता पुरुषोत्तमलाल झा चार हजार ४२३ मतसहित उहाँसँग प्रतिस्र्धामा छन्।

महानगरमा हालसम्म विभिन्न १५ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मतपरिमाण आउन बाँकी छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइन्छ ।

महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।