• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल

विजयनगरमा पुनः एमालेकै नेतृत्व



चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित भएका हुन् ।

थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवले पाँच हजार ३३४ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित थारूले चार हजार ९३० मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाकी गुञ्जेश्वरी कुर्मीले चार हजार ८४९ मत प्राप्त गरिन्।

विसं २०७४ मा पनि थापा र थारू नै निर्वाचित भएका थिए । यस गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित छ वटा वडा जितेको छ । सातवटा वडा रहेको गाउँपालिकामा जसपाले एक वडाध्यक्ष जितेको छ ।

नवनिर्वाचित प्रमुख–उप्रमुखलाई स्वागत
दियालो नेपाल नामक संस्थाले शिवराज नगरपालिकाका नवनिर्वाचित प्रमुख–उपप्रमुखलाई स्वागत गरेको छ । प्रमुखमा अजय थापा र उपप्रमुखमा शिवकुमारी थारू निर्वाचित भएपश्चात संस्थाका अध्यक्ष तारा थापा तथा संस्थापक अध्यक्ष मीना परियारले २५–२५ किलोका माला लगाई सम्मान गरेका हुन् ।

दलित मानवअधिकार निगरानी समितिका अध्यक्षसमेत रहेका परियारले निर्वाचित प्रतिनिधिसँग नगरवासीले ठूलो आशा र अपेक्षा राखेकाले पाँच वर्षमा नमूना काम गर्न आग्रह गरे । सम्मान ग्रहण गर्दै नगरप्रमुख थापाले शिवराजको विकास र समृद्धिमा आफू कटिबद्ध भएर लाग्ने बताए ।