५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनका राष्ट्रपतिले ट्याङ्क मिसाइलभन्दा पनि घातक मोबाइल फोनले रुसमाथि कसरी आक्रमण गरिरहेका छन् ?



अ+ अ-

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सबै विषम परिस्थिति र बम विष्फोटका बीचमा जसरी आफ्नो ‘आकार’ बढाएका छन्, त्यसले रुसलाई केही हदसम्म चुनौती पक्कै पनि दिएको छ ।

जब रूसले राजधानी किभलाई घेरेको थियो र उसका ट्याङ्कहरूले युक्रेनी माटोमा बमबारी गर्न थाले, युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग सीमित विकल्पहरू थिए।

तर उनले हतियार बिसाएका छैनन् । एकातिर उनी सामाजिक सञ्जालमार्फत देशका जनतालाई हौसला दिइरहेका छन् भने अर्कोतिर उनको फोन निरन्तर व्यस्त छ ।

चारैतिर दुश्मनले घेरिएको राजधानीभित्र बसेर लगातार फोन कलको नतिजास्वरुप रुसविरुद्ध व्यापक प्रतिबन्ध लगाइएको छ । जेलेन्स्कीले पश्चिमी देशहरूलाई मनाउन सफल भए र पछिल्लो चार दिनभित्र रूसविरुद्ध धेरै प्रतिबन्धहरू लगाइयो।

गार्जियनका अनुसार आफ्ना जनताको बहादुरीबारे युरोपेली जनमत कस्तो छ भन्ने कुरा बुझेर राष्ट्रपति जेलेन्स्की फोनमा पश्चिमी नेताहरूसँग निरन्तर सम्पर्कमा थिए।

उनले ट्विटरमार्फत आफ्ना जनता र सहयोगीहरूको हौसला बढाए र प्रशंसा गरे भने रुसलाई पनि बारम्बार आफ्नो कुरा सुनाइरहे । एक साताअघिसम्म रुसमाथि प्रतिबन्ध लगाउने कुनै कारण थिएन र अहिले विश्वका देशहरूले बलियो आधार पाएका छन् ।

त्यसैले पश्चिमी देशहरूले नयाँ प्रतिबन्धहरूलाई स्वीकृत गरेको गतिले वकिल, अधिकारी र बैंकरहरूलाई आश्चर्यचकित तुल्याएको छ । यो गतिका कारण निर्णय कार्यान्वयन गर्न चर्को दबाब परेकामा अधिकारीहरू पनि सहमत छन् ।

एक नेताको कार्यालयले भनेको छ, “हामी छक्क परेका छौँ । उनी (जेलेन्स्की) युक्रेनलाई बचाउन वा अन्तमा रूसलाई परिवर्तन गर्न सक्षम नहुन सक्छन्, तर उनले युरोपलाई परिवर्तन गर्दैछन्।”

शनिबारको कूटनीतिलाई नै लिने हो भने जेलेन्स्कीले दिनको सुरुआत फोन कलबाट गरे। उनले युरोपेली आयोगका अध्यक्ष, इटालीका प्रधानमन्त्री इमानुएल म्याक्रोन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र स्वीट्जरल्याण्डका राष्ट्रपतिलाई भेटेका थिए। 

यसपछि पनि उनी रोकिएनन् । उनको फोन लगातार इन्गेज भइरह्यो । उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, अजरबैजानका राष्ट्रपति, नेदरल्यान्ड्सका प्रधानमन्त्री, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग व्यापक छलफल गरेका छन् ।

यति हुँदाहुँदै पनि उनको लिस्टमा धेरै नाम बाँकी थिए । त्यसपछिको केही मिनेटमा उनले जर्मन चान्सलर, पोप, चेक प्रधानमन्त्री, पोल्याण्डका प्रधानमन्त्री र अन्तमा बेलायती प्रधानमन्त्रीसँग भर्चुअल च्याट गरे।

एक दिनअघि पनि उनले यस्ता धेरै नेताहरुसँग फोन वार्ता गरेका थिए । सबैसँग उनले रुसको आक्रमणको उचित जवाफ दिन हतियार र कडा प्रतिबन्धको लागि आह्वान गरे।

निद्रा र आराम बिर्सेर जेलेन्स्की एकातिर फोन गर्दै थिए भने अर्कोतिर आफ्नो सेनासँग पनि जोडिएर रणनीति तयार गर्दै थिए ।

उनको कार्यसँग परिचित एक व्यक्तिले भने, “उनी धेरै स्पष्ट, धेरै दृढ र धेरै व्यावहारिक छन्। तर फोनमा बोल्ने तरिकाले जेलेन्स्कीको स्थितिलाई बलियो बनायो र परिस्थितिलाई मोड्न मद्दत गर्यो।”

युद्धको अवस्थामा कुनै पनि देशले धेरै सावधानीपूर्वक निर्णय लिन्छ। तर यहाँ जेलेन्स्कीको कूटनीतिको प्रभावका कारण जर्मनीले चाँडै युक्रेनलाई हतियार दिने घोषणा गर्यो।

जर्मनीले युक्रेनलाई एक हजार ट्याङ्क विरोधी हतियार र ५०० स्टिङ्गर मिसाइल दिने भएको छ । यसका लागि जर्मनीले रक्षा खर्च बढाएको छ र रुसलाई स्विफ्टबाट हटाउन सहमत भएको छ ।

फ्रान्स, पोल्याण्ड र अमेरिकाले पहिले नै सहयोगको घोषणा गरिसकेका छन्। अमेरिकाले थप ३५ करोड डलरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । यसमा धेरै हतियार, गोला बारूद समावेश छ।

जर्मनी मात्र होइन, बेलायत, क्यानाडा र फ्रान्स पनि रुसलाई स्विफ्ट प्रणालीबाट अलग गरेर रुसलाई पाठ सिकाउन एकजुट भए ।

जेलेन्स्कीको लबिङले युरोपेली नेताहरूलाई रुसी केन्द्रीय बैंकको सम्पत्ति रोक्का गर्न सहमत गराउन सक्छ। यदि यस्तो भयो भने पुटिनको निर्णयले उनको देशको अर्थतन्त्रलाई ठूलो धक्का लाग्न सक्छ।

रुसका प्रमुख बैंकहरूलाई भुक्तानी प्रणाली स्विफ्टबाट बाहिर गर्ने ठूलो निर्णयले पुटिनको तनाव बढाउन सक्छ। रुसी बैंकलाई ‘स्विफ्ट’ अन्तर्राष्ट्रिय वित्तीय सन्देश प्रणालीबाट हटाउने निर्णयमा जापानले अमेरिका र युरोपेली मुलुकसँग सहकार्य गर्ने निर्णय गरेको छ । 

स्विफ्ट एक विश्वव्यापी भुक्तानी प्रणाली हो। यो वित्तीय सन्देश पूर्वाधार हो जसले विश्वका बैंकहरूलाई जोड्ने काम गर्छ। यसले २०० मुलुक र ११ हजार वित्तीय संस्थाहरूलाई वित्तीय लेनदेनसम्बन्धी निर्देशनहरू प्रदान गर्दछ।

युक्रेनको सेना रूसको शक्तिशाली सेनाको अगाडि लामो समय टिक्न नसक्ने एक अधिकारीले स्वीकार गरेका छन् । यस्तो अवस्थामा जेलेन्स्कीको ध्यान पुटिनलाई आर्थिक र राजनीतिकरूपमा सीधै चोट पुर्याउनु  छ  । किनकी उनलाई पनि थाहा छ कि युद्धको मैदानमा पुटिनलाई हराउन सकिँदैन। एजेन्सीको सहयोगमा