२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास जग्गा प्रकरणः प्रधानमन्त्रीको निर्देशन मानेको हुँ : गच्छदार



अ+ अ-

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा बनाएर हिनामिना गरेको आरोप लागेका नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छादारले उक्त प्रकरणमा आफू निर्दोष रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले विभागीय मन्त्रीका हिसाबले आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन पालना गरेको बताए ।

तत्कालीन प्रधानमन्त्री नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्ताव मन्त्रिपरिषद्सम्म लैजाने काममात्र आफूले गरेको गच्छदारले बताए । उनले प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने सरकारको गुरुयोजना आफूले भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलेदेखि नै सुरु भएकोसमेत दाबी गरे । उक्त गुरुयोजना आफ्नो निर्देशन र निर्णयले नबनेको उनको भनाइ छ ।

ललितानिवास जग्गासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत पास भई कार्यान्वयन अघि बढेको भए पनि सामूहिक निर्णयमा आफूमाथि मात्र व्यक्तिगत तबरमा पूर्वाग्रह राखेर फसाउन खोजिएको उनको आरोप छ ।

आफूले व्यक्तिगत रुपमा लाभ नलिएको र नेपाल सरकारलाई पनि हानि नपुर्याएकाले गुरुयोजना कार्यान्वयनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नु भ्रष्टाचारजन्य काम नभएको उनको दाबी छ ।, यो समाचार नागरिक दैनिकमा प्रकाशित छ । 




भर्खरै