२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास जग्गा प्रकरणः प्रधानमन्त्रीको निर्देशन मानेको हुँ : गच्छदार



अ+ अ-

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा बनाएर हिनामिना गरेको आरोप लागेका नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छादारले उक्त प्रकरणमा आफू निर्दोष रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले विभागीय मन्त्रीका हिसाबले आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन पालना गरेको बताए ।

तत्कालीन प्रधानमन्त्री नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्ताव मन्त्रिपरिषद्सम्म लैजाने काममात्र आफूले गरेको गच्छदारले बताए । उनले प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने सरकारको गुरुयोजना आफूले भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलेदेखि नै सुरु भएकोसमेत दाबी गरे । उक्त गुरुयोजना आफ्नो निर्देशन र निर्णयले नबनेको उनको भनाइ छ ।

ललितानिवास जग्गासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत पास भई कार्यान्वयन अघि बढेको भए पनि सामूहिक निर्णयमा आफूमाथि मात्र व्यक्तिगत तबरमा पूर्वाग्रह राखेर फसाउन खोजिएको उनको आरोप छ ।

आफूले व्यक्तिगत रुपमा लाभ नलिएको र नेपाल सरकारलाई पनि हानि नपुर्याएकाले गुरुयोजना कार्यान्वयनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नु भ्रष्टाचारजन्य काम नभएको उनको दाबी छ ।, यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।