• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

इलामको फाकफोकथुममा एमाले विजयी



मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापालाई पराजित गर्दै उहाँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

विजयी उम्मेदवार खनालले पाँच हजार ३२२ मत प्राप्त गरे । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार थापाले चार हजार ८२१ मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष पदमा पनि गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार केबी बान्तावालाई पराजित गर्दै एमालेकी उम्मेदवार कल्पना राई विजयी भइन् । राईले पाँच हजार १५८ मत प्राप्त गर्दा बान्तावाले चार हजार १७४ मत प्राप्त गरेका थिए ।

योसँगै जिल्लाका नौ पालिकाहरुको अन्तिम नतिजा आइसकेको छ । जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदयको भने अझै मतगणना सम्पन्न भइसकेको छैन ।