९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

कोसी प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

कोसी प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
अ अ+ अ-

सुनसरी । सुनसरीको कोसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा ऐयुव अंसारी र उपाध्यक्ष पदमा अनितादेवी यादव निर्वाचित हुनुभएको हो । कोसीको अध्यक्षमा अंसारीले एक हजार १९९ मतान्तरले विजयी हुनुभएको छ ।

कांग्रेसका उम्मेदवार ऐयुव अंसारीले ६ हजार ४१६ मत र उपाध्यक्ष पदमा अनितादेवी यादवले पाँच हजार ३९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल ९जसपा०का अध्यक्ष पदका उम्मेदवार देवकृष्ण यादवले पाँच हजार २१७ मत प्राप्त गरेर पराजित भएका हुनुभएको छ ।

नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार अनितादेवी यादवकी प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल ९जसपा० बाट उपाध्यक्ष पदका उम्मेदवार अणुदेवी खेरवार चार हजार ७०८ मत प्राप्त गरी पराजित हुनुभएको छ । कोसी उपाध्यक्ष पदमा यादवले ६९१ मतले खेरवारलाई पछि पार्दै निर्वाचित भएकी हुन् । २०७४ सालको निर्वाचनमा समेत कोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा अंसारी र यादव निर्वाचित हुनुभएको थियो ।

कोसी–१ को वडाध्यक्ष पदमा जसपाका शोभितनारायण यादव, कोसी–२ मा नेपाली कांग्रेसका ध्यानी उराँव, कोसी–३ मा नेपाली कांग्रेसका सुलेमान मंसुरी, कोसी–४ मा नेकपा एमालेका इसराइल मियाँ, कोसी–५ मा नेपाली कांग्रेसका शाह जमाल, कोसी–६ मा जसपाका जुडिलाल कौडगिया, कोसी–७ मा नेकपा माओवादी केन्द्रका लालदेव सदा र कोसी–८ मा नेपाली कांग्रेसका बलरामकुमार क्षेत्री विजयी हुनुभएको छ ।