• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ ★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

कोसी प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी



सुनसरी । सुनसरीको कोसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा ऐयुव अंसारी र उपाध्यक्ष पदमा अनितादेवी यादव निर्वाचित हुनुभएको हो । कोसीको अध्यक्षमा अंसारीले एक हजार १९९ मतान्तरले विजयी हुनुभएको छ ।

कांग्रेसका उम्मेदवार ऐयुव अंसारीले ६ हजार ४१६ मत र उपाध्यक्ष पदमा अनितादेवी यादवले पाँच हजार ३९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल ९जसपा०का अध्यक्ष पदका उम्मेदवार देवकृष्ण यादवले पाँच हजार २१७ मत प्राप्त गरेर पराजित भएका हुनुभएको छ ।

नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार अनितादेवी यादवकी प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल ९जसपा० बाट उपाध्यक्ष पदका उम्मेदवार अणुदेवी खेरवार चार हजार ७०८ मत प्राप्त गरी पराजित हुनुभएको छ । कोसी उपाध्यक्ष पदमा यादवले ६९१ मतले खेरवारलाई पछि पार्दै निर्वाचित भएकी हुन् । २०७४ सालको निर्वाचनमा समेत कोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा अंसारी र यादव निर्वाचित हुनुभएको थियो ।

कोसी–१ को वडाध्यक्ष पदमा जसपाका शोभितनारायण यादव, कोसी–२ मा नेपाली कांग्रेसका ध्यानी उराँव, कोसी–३ मा नेपाली कांग्रेसका सुलेमान मंसुरी, कोसी–४ मा नेकपा एमालेका इसराइल मियाँ, कोसी–५ मा नेपाली कांग्रेसका शाह जमाल, कोसी–६ मा जसपाका जुडिलाल कौडगिया, कोसी–७ मा नेकपा माओवादी केन्द्रका लालदेव सदा र कोसी–८ मा नेपाली कांग्रेसका बलरामकुमार क्षेत्री विजयी हुनुभएको छ ।