५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन



अ+ अ-

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका उपाध्यायलाई शपथ नगराउन निर्देशन दिइएको हो । तत्कालीन वडा नं २ को वडाध्यक्ष रहेका बेला उहाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

नेपाली कांग्रेसबाट वडा नं ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । भ्रष्टाचारको मुद्दा विचाराधीन भएका जनप्रतिनिधि चुनिएपछि शपथ के गर्ने भन्ने अन्योल रहेकै बेला आयोगले उहाँहरूको मुद्दा विचाराधीन रहेको पत्र पठाउनाका साथै शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।




भर्खरै