• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको नेतृत्व



Nepali Congress

चन्द्रौटा । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गर्नुभएको हो ।

विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी हुनुभएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गर्नुभएको थियो । त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गर्नुभएको छ ।

कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले तीनरतीन, माओवादी र जसपाले दुईरदुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एकरएक वडा जितेका छन् ।