२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



Nepali Congress
अ+ अ-

धनुषा । मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित हुनुभएको छ ।

निर्वाचित महतोले सात हजार ३१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजाराम महतोले छ हजार ९४० मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गर्नुभएको छ ।

उपप्रमुखमा निर्वाचित हुनुभएका बुढाथोकीले सात हजार ४१४ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका कोइरालाले छ हजार ७३५ मत पाउनुभएको छ । विसं २०७४ को चुनावमा मिथिला नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो । एघार