९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

सिरहाका ११ स्थानीय तहको नतिजा सार्वजनिक

सिरहाका ११ स्थानीय तहको नतिजा सार्वजनिक
अ अ+ अ-

लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

पछिल्लोपटक सार्वजनिक भएको स्थानीय तहमध्ये तीनमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् भने एउटामा कांग्रेसले जितेको छ । यससँगै हालसम्म एमालेले सिरहामा जितेका स्थानीय तहको सङ्ख्या सात पुगेको छ । जसपाले दुई तथा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले एक–एक स्थानीय तहमा जित निकालेको छ ।

आज सार्वजनिक अन्तिम मत परिणामअनुसार लहान नगरपालिका प्रमुखमा कांग्रेसका महेशप्रसाद चौधरी र उपप्रमुखमा जसपाका रामचलितर महतो विजयी हुनुभएको छ । चौधरीले २० हजार १०५ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मुनी साहले ११ हजार ९६६ मत ल्याउनुभयो ।

यस्तै उपप्रमुखमा निर्वाचित महतोले १२ हजार ५६९ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपप्रमुख एमालेका सरियारदेवी चौधरीले ११ हजार ७९० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिनुभयो । यस्तै कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा निर्वाचित एमालेका रामपुकार साहले पाँच हजार ८८३ मत प्राप्त गरेर विजयी हँुदा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धर्मनाथ यादवले पाँच हजार ३५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायले जानकारी दिनुभयो ।

उपप्रमुखमा निर्वाचित एमालेकै रेखाकुमारी यादवले पाँच हजार ७३३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धनेश्वरीदेवी मण्डलले पाँच हजार ४७० मत प्राप्त गर्नुभयो । धनगढीमाई नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।

नगर प्रमुखमा एमालेका शिवशङ्कर महतो सात हजार ५६ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादवले छ हजार ९०१ मत प्राप्त गर्नुभयो भने निवर्तमान नगरप्रमुख माओवादी केन्द्रका हरिनारायण चौधरीले चार हजार ३६९ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा कांग्रेसका सङ्गीताकुमारी चौधरीले छ हजार ६१३ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका शोभाकुमारी बरालले छ हजार ३७८ मत प्राप्त गर्नुभयो । त्यस्तै सिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामप्रमोद यादव र उपाध्यक्षमा उपाध्यक्षमा एमालेकै गुलाबदेवी चौधरी विजयी हुनुभएको छ ।

अध्यक्षमा दुई हजार ६९५ मतका साथ यादव विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी जसपाका रामस्वगारथ यादवले दुई हजार ५१७ मत ल्याउनुभयो । उपाध्यक्षमा निर्वाचत एमालेका चौधरीले दुई हजार ५७१ मतका साथ विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अरहुलियादेवी यादवले दुई हजार ३२३ मत प्राप्त गर्नुभयो ।

यसअघि सिरहा नगरपालिका, कर्जन्हा नगरपालिका, भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् भने सिरहाको नवराजपुर र अर्नमा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष जसपाले जितेको छ । नेकपा (एकीकृत समाजवादी)ले जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष जितेको छ । सिरहाको मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको मतगणना भइरहेको जनाइएको छ ।