९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

सौन्दर्य प्रशाधन भर्सेज सुन्दरी प्रतियोगिता र समाज सेवा

सौन्दर्य प्रशाधन भर्सेज सुन्दरी प्रतियोगिता र समाज सेवा
अ अ+ अ-

सौन्दर्य प्रशाधनको कुरै नगरौं, यस्ता कम्पनीले कुन देशमा महिलालाई आफ्नो ‘कम्पनी’ को मालसामान किन्न लगाउँदा फाइदा हुन्छ भनेर हेरिरहेका हुन्छन् । व्यापारीको धर्म त्यही हो । अनैतिक हुने भएन ।

तर, मैले समस्याचाहिँ तब देख्छु जब यस्ता सौन्दर्य प्रशाधन कम्पनीले मानवीय मूल्य, मानवीय सौन्दर्य चेतना आदि सबै महिलाको आँखा, नाक, दाँत, वक्ष र कम्मरमा हुन्छ भन्ने भावना जागृत गराइदिन्छन् । अनि बुद्धिजीवी भन्ने मजस्ता पनि त्यसको फन्दामा पर्छौं ।

सौन्दर्य प्रतियोगिता हुँदा कुनै देशका गाउँघरका, काम गरेर पसिना निकाल्ने, युवती, हातमा ठेला परेका युवती, भारी बोकेर उकाली ओराली गर्ने युवती मञ्चमा उभिँदैनन् । उनीहरूसँग न पैसा हुन्छ न ‘अनुहार’ र ‘शरीर’ देखाउने ‘सौन्दर्य ।

पहिले पहिले पढिन्थ्यो, ‘संसारमा सबभन्दा बढी सुन्दरी उत्पादन गर्ने देश हो भेनेजुएला ।’ संसारमा सबभन्दा बढी तेल भण्डारण भएको भेनेजुएलामा युवतीहरूलाई सानैदेखि सुन्दरी हुन प्रेरित गरिन्थ्यो । पर्याप्त मात्रामा पैसा भएकाले सायद त्यहाँको समाज र परिवारले आफ्ना छोरीहरूलाई सौन्दर्य प्रशाधन दिन समस्या भोग्नुपर्दैनथ्यो । र, युवतीहरूको सपना नै सुन्दर बनेर ‘विश्व सुन्दरी’ को ताज पहिरने हुन्थ्यो ।

तर, यसका लागि त्यहाँका युवतीहरूले कस्तो बलिदान गर्नुपथ्र्यो भन्ने विचार ‘सौन्दर्य’ हेर्ने मानिसले थाहा पाउन सक्दैन । त्यहाँ १२ वर्षे बालिकाको नाक, पुठ्ठाको शल्यक्रिया गरेर सौन्दर्य बढाउन मातापिता सहजै स्विकार्थे । १६ वर्षमा वक्षस्थलको शल्यक्रिया गरेर ठूलो देखाइने चलन पनि रहेछ ।

दाँतलाई मिलाउने त सहज कामै हो । तर, मातापिताले ९ वर्षीया बालिकालाई ‘हर्मोन’ सुई दिएर ठूलो बनाउने काम गरिन्थ्यो भन्ने पढेपछि चाहिँ लाग्यो— सौन्दर्यका लागि अलि बढी नै ‘बलिदान’ दिनुपर्ने रहेछ । ९ वर्षमा त्यस्तो हर्मोन दिएपछि ती बालिकाको शरीरमा कस्तो प्रभाव पर्ला भनेर त्यहाँको समाजले किन नसोचेको रु ‘सुन्दरता’ भएपछि ‘स्वास्थ्य’ बारे के वास्ता भनिएको होला सायद ।

‘सुन्दरी प्रतियोगिता’ मा बुद्धिको प्रतिस्पर्धा हुँदैन । शल्यक्रिया, क्रिम, मेकअप, लुगा आदिले निर्णय गरिन्छ । सौन्दर्य प्रशाधन कम्पनीलाई कुन देशमा आफ्नो व्यापार फैलाउनु छ, त्यहाँका महिलालाई ‘सौन्दर्यप्रति जागरुक गराएर त्यहींका महिलालाई ‘विश्व सुन्दरी’, ‘ब्रह्माण्ड सुन्दरी’ बनाइन्छ ।

भारत, चीन, थाइल्यान्डमा पनि कम्पनीहरूले ‘विश्व सुन्दरी’ र ‘ब्रह्माण्ड सुन्दरी’ बनाइदिए । अब ती ठाउँका महिलाले धेरै प्रशाधन प्रयोग गर्छन् ।

भारतमा पहिलेपहिले मिस इन्डियालाई ‘तपाईं के गर्न चाहनुहुन्छ’ भनेर प्रश्न गर्दा ‘समाज सेवा’ भन्थे । ‘मदर टेरेसा’ मन पर्छ भन्थे । तर, पछि कुनै पनि भारतीय ‘विश्व सुन्दरी’, ‘ब्रह्माण्ड सुन्दरी’ ले ‘समाज सेवा’ गर्छु भनेको वाचा सम्झेनन् ।