१४ भाद्र २०८३, आईतवार
,
Latest
चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा उपमहानगरको प्रमुखमा लामा लामा जित नजिक



hetauda
अ+ अ-

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार मीना लामा जित नजिक पुगेकी छन् ।

कुल ७३ हजार ४४३ मत खसेको यो हेटौँडामा अहिलेसम्म ६७ हजार ४४३ मतगणना भइसकेको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार सत्ता गठबन्धनबाट समाजवादीकी उम्मेदवार लामाले २१ हजार २०३ मत प्राप्त गरेकी छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार अनन्तप्रसाद पौडेलले १९ हजार १२५ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले १८ हजार ६२६ मत प्राप्त गरेका छन् । अब छ हजार मत गणना गर्न बाँकी छ । लामा दोस्रो स्थानमा रहेका पौडेलसँग दुई हजार ७८ मतान्तरले अगाडि छन् ।