२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपुर नगरपालिकामा आफताब आलमका छोरा विजयी



अ+ अ-

रौतहट । रौतहटको राजपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका मोहम्मद राजिक आलम निर्वाचित भएका छन् । राजिक विसं २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका सांसद मोहम्मद आफताब आलमका कान्छा छोरा हुन् ।

राजिकले जनता समाजवादी पार्टी ९जसपा० का मोहम्मद जैद आलमलाई दुई हजार ५७४ मतान्तरले पराजित गरेका हुन् । राजिकले प्रमुख पदमा निर्वाचित हुन छ हजार ३३५ मत ल्याउँदा मोहम्मद जैदले तीन हजार ७५१ मत हासिल गरे ।

राजपुर नगरपालिकाको उपप्रमुख पदमा पनि कांग्रेसकै जमिला असगरी छ हजार २६८ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका चिन्ताकुमार कलवारलाई तीन हजार ६२९ मत प्राप्त भयो ।

चिकित्सकसमेत रहेका राजिक मोहम्मद आलमकै विरासत मानिएको राजपुरमा ‘लोकप्रिय’ पाएका हुन् । पराजित मोहम्मद जैद आलमका आफ्नै भान्जा स्वर्गीय मुस्ताक राजाका छोरा रहेको बताइएको छ ।

राजिकका हजुरबुबा शेख इद्रिस कांग्रेसका पुराना नेता थिए । उनले रौतहटबाट विसं २०४८ र २०५१ को प्रतिनिधिसभाको निर्वाचन जितेका थिए । उनका बुबा आलमले पनि विसं २०६४ र २०७४ को निर्वाचनमा जित हासिल गरेका थिए । यद्यपि उनीमाथि फौजदारी मुद्दा चलाइएपछि उनी अहिले प्रतिनिधिसभाबाट निलम्बित छन् ।