• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु

ललितपुरमा मतगणनामा ढिलाइ भएपछि अधिकार प्रत्यायोजन



ललितपुर । ललितपुर महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०६३ अनुसार वडाध्यक्षबाट सम्पादन हुने कार्यहरुको अधिकार वडासचिवहरुलाई प्रत्यायोजन गरेको छ ।

गत वैशाख १५ गतेको निर्णयअनुसार नै वडासचिवहरुलाई अधिकार प्रत्यायोजन गरिएको र निवर्तमान वडाध्यक्षहरुको कार्यावधि जेठ ५ गते सकिएकाले अर्को वडाध्यक्ष निर्वाचित भएर नआएसम्मका लागि वडासचिवहरुलाई अधिकार प्रत्यायोजन गरिएको हो ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको मतगणना अझै नसकिएको हुनाले वडाध्यक्षले गर्ने काम वडा सचिवहरुले गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सबै वडा सचिवलाई लेखेको पत्रमा सेवाग्राही नागरिकहरुको सेवा प्रवाह प्रक्रियालाई निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्था रहेकाले अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्नुभएको छ ।

वडा सचिवहरुलाई व्यक्तिगत घटना दर्ता गर्ने, नाता प्रमाणित गर्ने, अत्यावश्यक सिफारिस प्रदान गर्ने, सर्जिमिन मुचुल्का (नक्सा पास, म्याद टाँस) लगायतका काममा रोहवर प्रमाणित गर्ने र वडा तहका अन्य प्रशासनिक कार्यहरु गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।