७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

मकै बालीमा फौजी किराको प्रकोपले किसान चिन्तित

मकै बालीमा फौजी किराको प्रकोपले किसान चिन्तित
अ+ अ-

पाल्पा । रामपुर–४ देवीस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित हुनुभएको छ । हरियाली बनेको मकैखेतीमा किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम गरे पनि बालीमा क्षति हुँदै गएकाले उत्पादनमा असर पुग्ने उहाँको गुनासो छ । कृषक श्रेष्ठ भन्नुहुन्छ, “करिब छ रोपनी जमिनमा मकैखेती लगाइएकामा बोटमा किरा लागेर हैरान पारेको छ, गत वर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र किराको प्रकोपले समस्या सिर्जना गर्छ ।”

किराले सताएर मकैबाली नै सखापै पार्ने अवस्थामा रहेको कालिका कृषक समूहका अध्यक्ष कृष्ण राना बताउनुहुन्छ । करिब तीन हप्ताअघिदेखि मकैमा किरा लागेर डाँठ, पात र गुभो खाएर बाली नै जोगाउनै मुस्किल परेको र बाली जोगाउन विषादी छर्कने गरे पनि नियन्त्रण भइनसकेको उहाँको गुनासो छ ।फौजी किराको प्रकोपले सताएर कार्यालयमा आउने किसानलाई प्राविधिक सेवा र ‘इमामेक्टिन बेन्जोएट’ नामक विषादी निःशुल्क उपलब्ध गराउँदै आएको बताउनुहुन्छ, रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय । यहाँका विभिन्न ठाउँमा किराको प्रकोप बढिरहेको हुँदा दैनिकजसो कार्यालयमा समस्या लिएर किसान आउने गरेको उहाँको भनाइ छ ।

रम्भा गाउँपालिका–१ सघाहका कृषक टङ्कराज कडरिया अघिल्लो वर्षभन्दा बढी मात्रामा यस वर्ष मकैमा किरा देखिन थालेको छ भन्नुहुन्छ । करिब दश रोपनी जग्गामा मकैबाली लगाउनुभएका उहाँ वर्षेनी मकैखेती दुःखसँग गरेको खेतीमा किराको असरले उत्पादन घट्ने हुँदा आफूहरु मारमा परेको बताउनुहुन्छ ।मकैमा फौजी किरा लाग्न थालेपछि किसानको मिहेनत खेर जाने अगुवा कृषक ऋषिराम अर्याल बताउनुहुन्छ । बोट उम्रन थालेदेखि नै किराले आक्रमण गरेर समस्या पार्ने भएकाले बाली नै जोगाउन सकस पर्ने उहाँको भनाइ छ । “दुःख गरेर गरेको खेतीबाट उत्पादन लिन नपाउँदा किसानलाई ठूलो मार परेको छ, रम्भाको सघाहामा धेरै किसानका खेतमा लगाइएका मकैमा किराको आक्रमण छ, पानी नपरेका समय किराले बढी मात्रामा सताउँछ भने आकाशबाट पानी पर्दा केही कम हुन्छ, किराको प्रकोपले सताउन थालेकाले सूर्यमुखी खेती सुरु गरेको छु”, अर्याल भन्नुहुन्छ ।

मकैखेतीका अलवा अन्य बालीमा पनि फौजी किराको प्रकोप देखिन थालेको छ । महामारी भएमा कार्यालयले आकस्मिक र स्थलगत रूपमा सेवा दिने कृषि ज्ञान केन्द्रका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । “अहिलेसम्म ज्ञान केन्द्रमा फौजी किराको प्रकोपबारे जानकारी आएको छैन, समस्या देखिएपछि किसान आ–आफ्नो पालिकाको कृषि कार्यालयमा पुग्नुभएको खबर भने हामीलाई प्राप्त छ, महामारीकै रूपमा प्रकोप देखिएमा कार्यालयले जुनसुकै समय पनि सेवा दिनेछ, अहिलेको मौसम सुक्खा हँुदा प्रकोप फैलिन सक्ने भएकाले सबै किसान सर्तक रहनुहोला”, उहाँ जोड दिनुहुन्छ ।

अघिल्लो वर्षजस्तै मकैखेतीमा फौजी किराको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका हुन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोट सखाप भएको किसानले बताएका छन् । यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ । फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ । किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।

साधारणतया मकै छरेदेखि भाँच्ने बेलासम्म विभिन्न प्रकारका किराहरूले आक्रमण गर्दछन् । यस किराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति गर्दछ । गुभोमा काठको धुलोजस्तो किराको दिसा भेटिएमा गुभो खोलेर हेर्दा फौजी किराको लार्भा देखिन्छ । ती लार्भा धेरै खन्चुवा हुन्छ । मकै लगाएको आठदेखि १० दिनमै यसले क्षति गर्ने भएकाले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने कृषि प्राविधिक बताउँछन् । बालीमा रोग लाग्न नदिनका लागि माटोमा पहिले नै विषादी छर्नुपर्दछ । खेताबारीमा पानी जमेमा किरा नलाग्ने प्राविधिकको भनाइ छ । यदि मकैमा किराले आक्रमण गरे त्यसको नियन्त्रणका लागि ‘इमामेक्टिन बेन्जोएट’ ०.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्दछ । रासस