५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटको पचालझरनामा माओवादी विजयी



अ+ अ-

मान्म । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी हुनुभएको हो ।

गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी हुनुभएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शाहीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर बुढाले दुई हजार ७२९ मत ल्याउनुभएको थियो । उपाध्यक्ष बमका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रन रोकायाले एक हजार २३६ मत ल्याउनुभएको थियो ।

यस गाउँपालिकामा माओवादी केन्द्र एक्लै निर्वाचनमा गएको थियो भने कांग्रेस र एमालेले गठबन्धन गरेका थिए । नौ वडा रहेको यस गाउँपालिकामा आठ वडामा माओवादी केन्द्र विजयी भएको छ भने एउटामा कांग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।