२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटको पचालझरनामा माओवादी विजयी



अ+ अ-

मान्म । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी हुनुभएको हो ।

गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी हुनुभएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शाहीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर बुढाले दुई हजार ७२९ मत ल्याउनुभएको थियो । उपाध्यक्ष बमका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रन रोकायाले एक हजार २३६ मत ल्याउनुभएको थियो ।

यस गाउँपालिकामा माओवादी केन्द्र एक्लै निर्वाचनमा गएको थियो भने कांग्रेस र एमालेले गठबन्धन गरेका थिए । नौ वडा रहेको यस गाउँपालिकामा आठ वडामा माओवादी केन्द्र विजयी भएको छ भने एउटामा कांग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।