२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस



अ+ अ-

मकवानपुर । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरुप रु ५० हजार दिने गरी कार्यविधि पास गरेको छ । सरकारले यसअघि नै हृदयघात, मस्तिष्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका बिरामीलाई उपचारका लागि रु ५० हजार दिने निर्णय गरेको थियो । तर कार्यविधि नबन्दा सर्वसाधारण नागरिकले सो सेवा प्राप्त गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गरी आजै कार्यविधि पास गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभएको छ ।

त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको छ । “वृद्धाश्रममा जाडो महिनामा वृद्धवृद्धालाई आगो ताप्न दाउरा आवश्यक पर्ने भएकाले समस्या भइरहेको थियो । त्यस्तै घाटमा शव जलाउनका लागि पनि दाउरा आवश्यक हुन्छ । हामीले यो समस्या समाधानका लागि दाउराको सहज आपूर्तिको प्रबन्ध मिलाउने निर्णय गरेर सम्बन्धित निकायमा जानकारी गराइसकेका छौँ”, मन्त्री खनालले भन्नुभयो ।