११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस



अ+ अ-

मकवानपुर । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरुप रु ५० हजार दिने गरी कार्यविधि पास गरेको छ । सरकारले यसअघि नै हृदयघात, मस्तिष्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका बिरामीलाई उपचारका लागि रु ५० हजार दिने निर्णय गरेको थियो । तर कार्यविधि नबन्दा सर्वसाधारण नागरिकले सो सेवा प्राप्त गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गरी आजै कार्यविधि पास गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभएको छ ।

त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको छ । “वृद्धाश्रममा जाडो महिनामा वृद्धवृद्धालाई आगो ताप्न दाउरा आवश्यक पर्ने भएकाले समस्या भइरहेको थियो । त्यस्तै घाटमा शव जलाउनका लागि पनि दाउरा आवश्यक हुन्छ । हामीले यो समस्या समाधानका लागि दाउराको सहज आपूर्तिको प्रबन्ध मिलाउने निर्णय गरेर सम्बन्धित निकायमा जानकारी गराइसकेका छौँ”, मन्त्री खनालले भन्नुभयो ।