• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’

गठबन्धनमा इमान्दारिता देखिएन: सांसद मेटमणि चौधरी



file photo

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलिय गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ ।  बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको हो ।

उहाँले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताउनुभयो । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उहाँले आरोप लगाउनुभयो । निर्वाचन मत परिणाम बाट आफुहरु सन्तुष्ट हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौँ । जुन तरिकाले पाँच दलिय गठबन्धनमा इमान्दारिता हुनुपथ्र्यो, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जवाफदेहिता, इमान्दारिता देखाउनुपथ्र्यो त्यो देखाउन सकेन ।

माओवादी पार्टीले आफु एउटा बिजनेश म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकि कुनै ठाउँमा एमालेसँग समेत समन्वय ग¥यो । कांग्रेसले पनि त्यो खालको व्यवहार ग-यो । त्यसैले हामिले जुन खालको रिजेल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजेल्ट आउन सकेन ।’

उहाँले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताउनुभयो । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरु सँग अगाडी जान नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कांग्रेस र माओवादीले आफुलाई करेक्शन गर्ने ठाउँमा पुगे भने ठिकै छ फेरी पनि अगाडी जान सकिन्छ । नभए यस्तो फटाहागिरी, इथिक्सको राजनीति नगर्ने, जे भनिन्छ त्यो नगर्ने भएपछि त्यस्ता राजनीतिक दलसँग कसरी अगाडी जान सकिन्छ ?’

उहाँले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बिचमा मात्रै गठबन्धन भएको जिकिर गर्नुभयो । पाँच दलिय गठबन्धनलाई सफल भएको मान्न नसकिने उहाँले बताउनुभयो ।