६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

संस्कृत भाषामा आकर्षण

संस्कृत भाषामा आकर्षण
अ+ अ-

काठमाडौँ । संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो ।

विगत पाँच वर्षदेखि विभिन्न विद्यालयमा संस्कृत विषयका अध्यापन गर्दै आउनुभएका शिक्षक योगराज सापकोटा संस्थागत विद्यालयमा संस्कृत विषय पढाउने शिक्षककोे खोजी भइरहेको बताउनुहुन्छ । संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृत विषयप्रति बढ्न थालेको हो ।

हाल उपत्यकाका करिब १०० वटा संस्थागत विद्यालयमा संस्कृतको अध्ययन अध्यापन हुन थालेको छ । अमेरिकी वैज्ञानिक संस्था नासाले गरेको अनुसन्धानमा कम्प्युटरमा सबैभन्दा सहजरुपमा राख्न सकिने भाषाका रुपमा संस्कृतको पहिचान गरेकाले पनि यसप्रति विद्यालयको आकर्षण बढेको हो । संस्कृत सूत्रबद्ध भाषा भएकाले कम्प्युटरमा यसको प्रयोग सहज हुने नासाको अध्ययनले देखाएको छ ।

यसैकारण पनि विभिन्न देशमा संस्कृतको माग बढेको छ । संस्कृतको अन्तर्राष्ट्रिय बजार बन्न थालेपछि काठमाडौँ उपत्यकाका अक्षरा, पाणिनी, गेटवे, भेलोसिटी, गुरुकुल संस्कारम्, दीपिका, वाग्मती, डिएभीलगायत विद्यालयमा संस्कृतको पठनपाठन भइरहेको छ । योगका कारण पनि संस्कृत भाषाप्रति आकर्षण बढेको शिक्षक सापकोटा बताउनुहुन्छ ।

माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिएपछि पनि संस्कृत पढाउने पालिकाको सङ्ख्या बढेको छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले पाठ्क्रम र पाठ्यपुस्तकको व्यवस्था गरिदिएको छ । ‘अस्माकम् संस्कृतम्’ नामको पुस्तक कक्षा १ देखि १२ सम्म जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रकाशन गरेपछि संस्कृत भाषा पढाउन चाहने विद्यालयका लागि सहज भएको जनाइएको छ ।