• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो ★   आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ★   सञ्चार मन्त्रालयको विज्ञप्तिपछि चल्न थाल्यो इन्टरनेट ★   चेल्सीले टोटेनहमलाई हरायो ★   वैशाख २८ गतेका लागि बजेट अधिवेशन आह्वान ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने

नेपाली महिला क्रिकेट टोली फेरि पराजित, युगान्डाले जित्यो शृंखला



युगान्डाली महिला क्रिकेट टोली

काठमाडौंः युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला जितेको छ । बिहीबार भएको शृंखलाको तेस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १०० रनको लक्ष्य पछ्याएको युगान्डाले १८.२ ओभरमा ४ विकेट गुमाएर १०१ रन बनायो ।

युगान्डाका लागि केभिन विनोले सर्वाधिक ४२ रनको योगदान गरिन् । त्यस्तै जनेत बाबाजीले २७ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् । त्यस्तै रुबिना क्षेत्री र इन्दु बर्माले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन मात्र बनाएको थियो ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । नेपालका लागि कप्तान रुविना क्षेत्रीले १६ रन बनाइन् भने सीता रानामगरले १२ रनको योगदान गरिन् ।

यो जितसँगै युगान्डाले पाँच खेलको शृंखला दुई खेल अगावै ३–० ले जितेको छ । दुई टोली बीचको चौथो टी–ट्वान्टी भोलि शुक्रबार हुनेछ ।