६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’ :राष्ट्रियसभा सांसद

‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’ :राष्ट्रियसभा सांसद
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सांसदहरूले आव २०७९/८० को बजेट मुलुक आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले मुलुकको कृषि र पर्यटनलागतयका क्षेत्रमा लगानी बढाउने र आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारसँग सही योजना भएको खण्डमा मात्रै प्रतिपक्ष दल राष्ट्रिय सहमति गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकतासम्बन्धी कानुन देशभरि समस्या छ, आमाको नामबाट नागरिकता दिने सवालमा समास्या छ, आजको राजनीतिलाई विकास र समृद्धिमा परिवर्तन गर्नुपर्छ, राजनीतिको कर्मको कारण बालेन्द्र शाहहरू स्थापित हुने अवस्था आएको छ ।”

नेकपा (एकीकृत समाजवाद) पार्टीका सांसद डा वेदुराम भुसालले आवश्यकतानुसार आर्थिक, सामाजिक र सांस्कृतिक विकास र सामाजिक रुपान्तरणसँगै मुलुकको विकासतर्फ अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले राज्यका हरेक संरचनामा सीमान्तकृत समुदायको समान सहभागिता हुने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कम्तीमा ६० प्रतिशत बजेट स्थानीय तहमा खर्च हुने गरी बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्दै संविधानको मर्मअनुरुप दलितमुखी कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । आजको बैठकमा आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिनु हुनेछ ।