७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरमा प्रमुखकी उम्मेदवार सिर्जना मतगणनास्थलमा



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंह मतगणना स्थलमा पुग्नुभएको छ । अहिले मतगणना भइरहेको छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिंह अहिलेसम्मको मतगणनामा तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले अहिलेम्म १० हजार ९८६ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र साह २२ हजार ८४२ मतका साथ सबैभन्दा अगाडि हुनुहुन्छ । दोस्रो स्थानमा नेकपा ९एमाले० का उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत प्राप्त गर्नुभएको छ ।

मतगणनास्थनमा सञ्चारकर्मीहरुसँग अझै धेरै वडामा मत गणना हुन बाँकी रहेको भन्दै उहाँले आफूले जित्नेमा ढुक्क रहेको बताउनुभयो । मतपरिणाबारे अहिले बोल्नु हतार हुने उहाँको भनाइ थियो ।

अहिलेसम्म ६० हजारमात्र मत गणना भएको भन्दै उहाँले एक लाख ३० हजार मत गणना हुन बाँकी रहेको बताउनुभयो । अब बाँकी रहेका मत आफ्नो पक्षमा आउने उहाँले बताउनुभयो ।