२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ लाख जरिवाना तोकिएका व्यक्ति बूढानीलकण्ठबाट पक्राउ



अ+ अ-

काठमाडौँ । अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–३ बस्ने वर्ष ३७ का प्रकाश रेग्मी रहेका छन् । उनले विसं २०७६ कात्तिक १० मा मुक्तिनाथ विकास बैंक लिमिटेड महाराजगञ्ज शाखामा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए ।

उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनको यही जेठ ३ गतेको फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा एक दिन कैद र रु नौ लाख जरिवाना हुने ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले आज उनलाई बूढानीलकण्ठबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरेको जनाइएको छ ।