६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आरोप–प्रत्यारोपभन्दा माथि उठेर देशका निम्ति सोच्न सांसदहरूको आग्रह

आरोप–प्रत्यारोपभन्दा माथि उठेर देशका निम्ति सोच्न सांसदहरूको आग्रह
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपभन्दा माथि उठेर राजनीतिक दलका शीर्षनेताहरूले देशको आर्थिक विकाससँगै समग्र विकासको निम्ति लाग्न आग्रह गरेका छन् ।

सभाको आजको तेस्रो बैठकमा सभामुखसँग समय माग गरी बोल्दै नेपाली कांग्रेसका तर्फबाट बोल्दै जितेन्द्रनारायण देवले भन्नुभयो, “कोभिड, युक्रेन–रसियाबीच भएको युद्धले गर्दा विश्वकै आर्थिक अवस्था सङ्कटमा परेको छ, राजनीतिक दल र दलका नेताहरू आपसमा आरोप–प्रत्यारोपलाई छाडेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने छ, सबै मिलेर देश बनाऔँ, सत्तापक्ष र प्रतिपक्षबाट माथि उठौँ ।”

प्रतिनिधिसभाबारे सर्वोच्च अदालतले गरेको निर्णयपछि राजनीति एउटा गतिमा अघि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिपक्ष दललाई आग्रह गर्न चाहन्छु, प्रतिपक्षको काम विरोध गर्नेमात्रै होइन, सकारात्मक सुझाव पनि दिनुपर्छ प्रतिपक्षले ।” उहाँले वर्तमान सरकार गठन भएपछि राजनीतिक स्थिरता आएको बताउँदै देशको विकासका निम्ति राष्ट्रिय सहमतिको विकल्प नरहेको जिकिर गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट बोल्दै सांसद नारायणकाजी श्रेष्ठले दलहरूले आत्मसमीक्षा गरेर कमीकमजोरी सच्याउँदै देशको आर्थिक विकासमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “चुनावमा कसैले जित्ने वा हार्नेभन्दा पनि चुनाव शान्तिपूर्ण, निष्पक्षरूपमा सम्पन्न भयो, संविधान कार्यान्वयनलाई नयाँ ढङ्गबाट अगाडि बढाउनु मुख्य विषय हो ।”

उहाँले उत्पादन र रोजगारीसँग विकासलाई जोडेर स्थानीय तहले विकासको मोडललाई अगाडि बढाउनुपर्ने बताउनुभयो । राष्ट्रिय नीति, कूटनीति र राष्ट्रियतालाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सुझाव दिँदै उहाँले भ्रष्टाचारको प्रभावकारी कार्यान्वयन र नियन्त्रण गर्नेमा बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो ।

आजको बैठकमा आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।