• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै

वीरगञ्ज र पोखरामा सिंह र आचार्यले मतान्तरलाई फराकिलो बनाउँदै



काठमाडौं । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतगणनाअनुसार सिंहले नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीलाई आठ हजार ३४५ मतले पछि पारेका छन् ।

अहिलेसम्म सो महानगरमा १२ वटा वडाको ३१ हजार ७०१ मत गणना भइसकेको छ । सिंहले १७ हजार दुई मत प्राप्त गरेका छन् । सरावगीले भने अहिलेसम्म आठ हजार ६५७ मत मात्र ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गिरिश गिरीले जम्मा ७७९ मत पाएका छन् ।

त्यस्तै पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का प्रमुख पदका उम्मेदवार आफ्नो अग्रतालाई बढाएका छन् । पोखरामा अहिलेसम्म ५२ हजार ८१७ मतगणना भइसक्दा आचार्यले २१ हजार ८१७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै एमालेका उम्मेदवार कृष्ण थापाले १९ हजार ३८८ मत हासिल गरेका छन् । अहिले आचार्य थापाभन्दा दुई हजार ४९५ मतले अगाडि छन् ।

महानगरको प्रमुख पदमा अर्का उम्मेदवार राप्रपाका शंकर खरालले दुई हजार १८६ मत पाएका छन् ।