• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो– अनिलकुमार साह ★   मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री ★   उद्योग वाणिज्य महासंघका अध्यक्षलाई डालीमा मकै कोशेली ★   शीर्षस्थानको आर्सनललाई चार अंकको अग्रता ★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी

भारतमा २४ घण्टाको समयावधिमा दुई हजार ३६४ कोरोना सङ्क्रमित



नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार ३६४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३०३ पुगेको छ ।यस समयमा भारतमा ७५३ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४१९ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार ५६२ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ८७ हजार २५९ लाई कोरोना सङ्क्रमण निको भएको छ ।