६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको दुई नगरमा एमाले विजयी



अ+ अ-

लहान । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ ।

सिरहाको नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी हुनुभएको छ । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याउनुभयो । यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल तीन हजर ८३९ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजर २२३ र नेकपा (माओवादी)का गङ्गा पासवानले दुई हजार ४८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कूल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा (एकीकृत समाजवादी)ले एक/एक तथा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।