• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

मस्र्याङ्दी गाउँपालिकामा पुन : एमाले



लमजुङ । मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्नुन गुरुङ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ फराकिलो मतअन्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचिन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गर्नुभएको छ भने, उहाँको प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले चार हजार ३६९ मत प्राप्त गर्नुभयो । यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहनुभएका गुरुङ पुन : अध्यक्ष बन्न सफल हुनुभएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट एमालेका गुरुङले कांग्रेस उम्मेदवार नरबहादुर गुरुङलाई ९०२ मतले हराउनुभएको थियो । तर अहिले कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धनलाई पछि पार्दै एक्लै लडेको एमालेले मस्र्याङ्दीमा जित हासिल गरेको छ । यस गाउँपालिकाको उपाध्यक्षमा एमालेकी जुनामाया थापाले गठबन्धनका उम्मेदवार अजय तामाङलाई एक हजार ८८५ मतअन्तरले पछि पार्दै विजयी हुनुभएको छ । उहाँले पाँच हजार ८९५ मत प्राप्त गर्नुभयो भने, उहाँका प्रतिद्वन्द्वी तामाङले चार हजार १० मत प्राप्त गर्नुभयो ।

त्यस्तै, यस पालिकामा ९ वडा रहेकोमध्ये पाँच वडामा एमालेले जितेको छ भने, ४ वडामा गठबन्धनतर्फबाट कांग्रेसले जितेको छ । एमालेका उम्मेदवारतर्फ वडा नं १ मा रुद्रमान गुरुङ, वडा नं २ मा चेतबहादुर गुरुङ, वडा नंं ३ मा दूतमान तामाङ, वडा नं ७ मा तिलबहादुर गुरुङ र वडा नं ८ मा धनसिंह तामाङ वडाअध्यक्षमा निर्वाचित हुनुभएको छन ।

त्यस्तै, कांग्रेसबाट वडा नं ४ मा बलबहादुर गुरुङ, वडा नं ५ बाट घनश्याम घले, वडा नं. ६ बाट मीनराशी गुरुङ र वडा नं ९ बाट हरिबहादुर थापा वडाध्यक्षमा निर्वाचित हनुभएका छन् । यस गाउँपालिकामा १५ हजार १४० कुल मतदातामध्ये १० हजार ८८१ मत खसेको थियो ।