• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

गोकर्णेश्वरमा कांग्रेसको विजय र्याली



काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा विजय हासिल गरेको नेपाली कांग्रेसले जोरपाटीबाट सुन्दरीजलसम्म विजय जुलुस निकालेको छ ।

विजय र्यालीमा नवनिर्वाचित नगरप्रमुख दीपक रिसाल, पूर्व नगरप्रमुख एवं कांग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, नवनिर्वाचिन वडाअध्यक्ष नारायणबहादुर सुवेदी, नन्दलाल श्रेष्ठ र राजीव थापालगायत नवनिर्वाचित वडा सदस्य, पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो ।

विजय ¥यालीपछि सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगी कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह र पहिलो सभामुख कृष्णप्रसाद भट्टराई, पार्टी नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनलगायत नेताको सालिकमा नवनिर्वाचित नगरप्रमुख रिसाललगायतका जनप्रतिनिधिले माल्यार्पण गर्नुभएको थियो ।

माल्यार्पणपछि विजय र्याली जोरपाटी चोकमै आएर समापन भएको थियो । बुधबार सम्पन्न मतगणनमा रिसाल नेकपा (एमाले)का नगरप्रमुख पदका उम्मेदवार उद्धव विष्टभन्दा एक हजार १८८ मतान्तरमा विजयी हुनुभएको थियो । उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभयो । वडा नं १, २, ३, ६ र ७ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं ५, ८ र ९ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरप्रमुख, उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजय भएका थिए । त्यसबेला वडा नं १, ३, ५, ६, ८ र ९ को वडाध्यक्ष पनि कांग्रेसले जितेको थियो । वडा नं २ मा राप्रपाले वडाध्यक्ष जितेको थियो । वडा नं ४ र ७ मा भने एमालेले वडाध्यक्ष जितेको थियो ।