• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस विजयी



काठमाडौं । गोदावरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा प्रमुखमा गजेन्द्र महर्जन १७ हजार ९२२ मत सहित विजयी हुनु भएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत प्राप्त गर्नुभयो । यसै गरी उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर मुना अधिकारी विजयी हुनु भएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रमि प्रधानाङ्गले १३ हजार ४४ मत प्राप्त गनुृभयो । गोदावरी नेपाली कांग्रेसले ११ वटा वडामा वडाअध्यक्षसहित विजय हासिल गरेको छ । वडा नं १३ मा नेकपा एमाले तथा वडा नं ३ र ८ मा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् ।