६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मत गणनास्थल बाहिर फस्टायो व्यापार

मत गणनास्थल बाहिर फस्टायो व्यापार
अ+ अ-

झापा । निरु राजवंशी बिहान उज्यालो भएसँगै मेचीनगर नगरपालिकाको बाहिरी ढोका अगाडि आइपुग्नुहुन्छ । अनि सुरु गर्नुहुन्छ चिया, नास्ता पकाउन । चिया पाक्न नपाउँदै १० देखि २० कप भन्दै ग्राहकको अर्डर सुरु हुन्छ । यसरी उहाँको दिन बित्ने गरेको छ दिन भयो ।

मेचीनगर नगरपालिकाको १५ वटै वडाको मतगणना यतिबेला नगरपालिकाको कार्यालयभित्र भइरहेको छ । मत परिणाम सुन्न बसेका दलका कार्यकर्ता राति अबेरसम्म र बिहान उज्यालो नुहँदै आइपुगेर चिया नास्ताको अर्डर सुरु गर्छन् । जिल्लाका पाँचवटा पालिकाको परिणाम आइसके पनि १० पालिकाको गणना जारी छ ।

आफूले मत दिएको पार्टीको परिणाम सुन्न आउने विभिन्न क्षेत्रका मतदातादेखि नेतासम्म गरी दैनिक एक हजार ५०० को हाराहारीमा नगरपालिका आसपास क्षेत्रमै हुन्छन् । उनीहरुलाई नै लक्ष गरेर मेचीनगर नगरपालिकाको गेट नजिकै चलिरहेको आधा दर्जन होटलसहित सडकमा चियानास्ता बेच्नेहरुको पसल यतिबेला बढेका छन् । लामो समयदेखि इँटाभट्टा बजार चोकमा आलु र प्याजको पकौडा बेच्दै आउनुभएका निरुको अझै एक हप्ता त्यही व्यवसाय फस्टाउने देखिन्छ । “बजारतिर मान्छे छैनन् । सबै यतै भीड लागेका छन्”, उहाँ भन्नुहुन्छ, “व्यापार पनि हुने, चुनाव पनि हेर्न पाइने भनेर यतै व्यवसाय सुरु गरेको हुँ । अब भोट गनिसकेपछि पुरानै ठाउँमा फर्किन्छु ।” उहाँले दैनिक खर्च कटाएर रु एक हजार ५०० बढी आम्दानी गर्दै आएको बताउनुभयो ।

निरुजस्तै पालिकाको परिसरमा खुद्रा व्यापार सुरु गर्ने यतिबेला १० जना छन् । सबै पसलका व्यापारीलाई चिया, नास्ता, पापड, पकौडा बनाएर बेच्न भ्याइनभ्याई छ । झण्डै एक महिनायता विभिन्न स्थानका चोक बजारमा व्यवसाय चलाउँदै आएका उनीहरुको व्यापार ठप्प थियो । “आम्दानीसँगै रमिता हेर्न मज्जा आइरहेको छ”, जेठ ३१ गते अपराह्नदेखि मत गणनास्थल परिसरमै पापड, पकौडा बेच्दै आउनुभएकी लिली चौधरीले भन्नुभयो, “बिक्री पनि राम्रो भइरहेको छ, ग्राहकले कुरेर पनि बस्नु पर्दैन । अर्डरको सामान पु¥याउनै धौधौ छ । उहाँलाई श्रीमान् र छोरीले पनि साथ दिइरहेका छन् ।

लामो समयदेखि नगरपालिका छेउमै होटल सञ्चालन गर्दै आउनुभएका रमेश केसीको दिनमै जस्तो रातमा पनि यतिबेला व्यापार चलेको छ । उहाँका होटलमा मत परिणाम सुन्न आएका राजनीतिक दलका कार्यकर्ता, उम्मेदवारदेखि पार्टीका नेतासम्मको खाना, खाजा, चिया खानेको भीड लाग्ने गर्छ । निर्वाचन अधिकृतले बल्ल १, २ र ३ नं वडाको नजिता घोषणा गरेका छन् । वडा नं १ को नजिता निकाल्न ६० घण्टा लगाएको निर्वाचन अधिकृतको कार्यालयले बाँकीमा मने त्यति धेरै नलाएको जनाइए पनि स्थानीय पत्रकार प्रकाश पौडलले जिल्लाका अन्य पालिकाको तुलनामा मेचीनगरमा मतगणना ढिलो भइरहेको हुँदा अझै एक हप्ता लाग्न सक्ने बताउनुभयो ।

सडक किनारमा पाल टाँगेर व्यापार सुरु गरेका व्यापारी र होटल सञ्चालकको पनि व्यापार व्यवसाय फस्टाएको छ । ठूला होटलमा भन्दा यतिबेला चिया, नास्ता र पकौडा, पापड बिक्री गर्ने खुद्रा पसलमै ग्राहकको भीड लाग्ने गरेको छ ।