• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

घोडाघोडीको प्रमुखमा रावत र उपप्रमुखमा चौधरी निर्वाचित



गोदावरी । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का खड्क रावत निर्वाचित हुनुभएको छ ।

उहाँले नेकपा (एमाले)का ममताप्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।रावतले १३ हजार १२८ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी चौधरीले आठ हजार २४१ मत प्राप्त गर्नभयो ।

उपप्रमुखमा कांग्रेसका गुलियाकुमारी चौधरी विजयी हुनुभएको छ । उहाँले १२ हजार २७० मत प्रप्त गरेर विजयी हुँदा एमालेका करुण वम बटलाले छ हजार ९६३ प्राप्त गर्नुभयो ।कैलालीका १३ वटा पालिकामध्ये घोडाघोडी नगरपालिकासहित आठ पालिकाको मतपरमाण सार्वजनिक भइसकेको छ ।