११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस काउन्सिलको कानूनी सल्लाहकारमा अधिवक्ता लुईंटेल



अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालले अधिवक्ता अनन्तराज लुईंटेललाई कानुनी सल्लाहकार नियुक्ति गरेको छ । लुईंटेल संवैधानिक मामला, देवानी तथा फौज्दारी मुद्दामा दख्खल राख्छन् । उनी मिडिया सम्बद्ध कानुनमा विशेष दख्खल राख्छन् ।

संवैधानिक कानुनमा एलएलएम र राजनीतिक शास्त्रमा एमए गरेका अधिवक्ता लुईंटेल साढे दुई दशकदेखि मिडिया र अदालतसँग सम्बन्धित गतिविधिमा गहिरो चासो राख्ने कानुन व्यवसायी मानिन्छन् । उनले द हिमालयन टाइम्स दैनिक, राजधानी दैनिक, हिमालय टाइम्स दैनिक, प्रकाश साप्ताहिक र सौर्य साप्ताहिकमा आबद्ध भएर लामो समयदेखि मिडिया स्वतन्त्रताको पक्षमा कलम चलाएका छन् ।

उनको सहलेखनको मिडिया विधिशास्त्र नामक पुस्तक कलेजहरूमा समेत सन्दर्भ सामाग्रीको रुपमा लिइन्छ भने मिडिया स्वतन्त्रताका विषयमा उनका दर्जनौ लेखहरू प्रकाशित छन् ।प्रेस काउन्सिल र बार काउन्सिलका प्रकाशनहरूमा समेत उनका लेखहरु प्रकाशित छन् ।

हाल सर्वोच्च अदालत बार एशोसिएशनको कार्यसमिति सदस्य रहेका अधिवक्ता लुईंटेल संवैधानिक कानुन व्यवसायी मञ्चको निवर्तमान महासचिव समेत हुन् ।