• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने तयारी ★   आगामी आर्थिक वर्षको बजेट आज, के–के छन् नयाँ कार्यक्रम ? ★   गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ: सभापति देउवा ★   सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माण होस्ः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   जनमुखी विकासका लागि प्रेरणा मिलोस्ः सभामुख घिमिरे ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना ★   अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित ★   गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छः राष्ट्रपति ★   गणतन्त्र दिवस मनाइँदै ★   गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत होः प्रधानमन्त्री दाहाल

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा



काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।

जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ । नेकपा (एमाले)ले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको छ । एमाले ४५ नगरपालिका र ३० गाउँपालिकामा अग्रस्थानमा छ । एमाले ३३ उपप्रमुख र ८९ उपाध्यक्षमा विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र) ११ नगरपालिका र ७४ गाउँपालिका गरी ८५ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र १३ नगरपालिका र १४ गाउँपालिकामा अग्रस्थानमा छ । हालसम्म माओवादीले १६ उपप्रमुख र ७७ उपाध्यक्ष जितेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले दुई नगर पालिकामा जित हासिल गरेको छ । आठ स्थानमा समाजवादी अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । जनता समाजवादी पार्टी नेपालले पाँच गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।