६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ जनालाई नइ बाल पुरस्कार



अ+ अ-

काठमाडौं । नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।
नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी साहित्यतर्फ श्री विभूति अधिकारी, चित्रकलातर्फ सुश्री रिकिस्ना ढङ्गोल, सङ्गीततर्फ श्री सन्देश पौडेल, नृत्यतर्फ सुश्री राशु पन्त र खेलकुदतर्फ सुश्री नयना शाक्यलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ ।

ताम्रपत्रका साथ यी सबै पुरस्कारका राशि जनही दस हजार रुपियाँ रहेका छन् ।

नइ प्रकाशनले १० वर्षीय सुश्री सिचु मानन्धर र नासिका ठकुरीलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ ।
ताम्रपत्रका साथ ‘नइ कोपिला पुरस्कार’को राशि जनही सात हजार पाँच सय रुपियाँ रहेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाई जानकारी दिनुभयो ।