७ पुष २०८२, सोमबार
,
Latest
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै, नयाँ टेण्डर प्रक्रिया तत्काल अघि बढाउन… धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाको भाइको निधन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । गए राति काठमाडौँमा उपचारका क्रममा ६७ वर्षीय प्रेमबहादुरको निधन भएको हो ।

उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् । स्वर्गीय प्रेमबहादुरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

सामाजिक व्यक्तित्वका रुपमा परिचित प्रेमबहादुरको निधनमा नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।