६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाको भाइको निधन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । गए राति काठमाडौँमा उपचारका क्रममा ६७ वर्षीय प्रेमबहादुरको निधन भएको हो ।

उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् । स्वर्गीय प्रेमबहादुरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

सामाजिक व्यक्तित्वका रुपमा परिचित प्रेमबहादुरको निधनमा नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।