• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली

चाँगुनारायणको प्रमुखमा एमाले अगाडि



भक्तपुर । चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् ।

वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जीवन खत्रीले अग्रता लिए पनि वडा नं ६ को मतगणनाको नतिजा आउँदा भने एमालेका उम्मेदवार वीणा बाँस्तोलाले अग्रता लिनुभएको छ ।

आज बिहानसम्मको मतपरिणाम अनुसार बाँस्तोलाले ६ हजार ६५० मत प्राप्त गर्दा कांग्रेसका खत्रीले ६ हजार २९३ मत प्राप्त गर्दै खत्रीले बीणालाई ३५७ मतान्तरले पछ््याई रहनुभएको छ ।

उपप्रमुखमा एमालेका रमेश बुढाथोकीले अग्रता कायमै राख्नुभएको छ । बुढाथोकीले अहिलेसम्म ८ हजार ४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले सात हजार ४३२ मत पाउनुभएको छ ।

नगरपालिकाको– ६ नगरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो पटक विजयी भएको छ । वडाध्यक्षमा राप्रपाका धनबहादुर लामाले एक हजार ४११ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याउनुभयो । राप्रपाबाट सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ, हरिप्रसाद लामिछाने, महिलामा आरती लामा र दलितमा सोनु विश्वकर्मा हुनुहुन्छ ।