२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाको मेलुङ गाउँपालिकामा एमाले विजयी



अ+ अ-

चरीकोट । दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हीराकुमार थोकर निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा एमालेकै गायत्री आचार्य निर्वाचित हुनुभएको छ ।

थोकरले चार हजार ४४२ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समावजादीका रवीन्द्र कार्कीले दुई हजार ७०३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित एमालेका आचार्यले चार हजार १४७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका भक्तबहादुर तामाङले दुई हजार १७५ मत प्राप्त गर्नुभएको छ ।

सातवटा वडा रहेको गाउँपालिकामा एमालेले ४ वटा वडामा वडाअध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ । गठबन्धनबाट तीन वडामध्ये समाजवादीले वडा नं २, माओवादीले वडा नं ५ र ६ मा विजयी भएको छ ।